PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

च्याम्पियन्स लिग : रियल मड्रिड फाइनलमा, बेन्जामाको दुई गोल



पहिलोपोस्ट

च्याम्पियन्स लिग : रियल मड्रिड फाइनलमा, बेन्जामाको दुई गोल

साविक विजेता रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल दोस्रो लेगमा वायर्न म्युनिखसँग २-२ गोलको बराबरी खेलेको रियल समग्रमा ४-३ ले विजयी हुँदै उपाधि नजिक पुगेको हो।

घरेलु मैदान सान्टियागो वर्नावेउमा रियलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गरेको थियो। जोसुअ किमिचले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए। तर करिम बेन्जामाले दुई गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए।

वायर्नका लागि जेम्स रोड्रिग्वेजले दोस्रो गोल गरे। तर बराबरी खेलेपनि वायर्न फाइनल पुग्न सकेन। पहिलो लेगमा रियलले वायर्नलाई २-१ ले पराजित गरेको थियो।

रियलले अब उपाधिका लागि लिभरपुल र रोमाबीचको विजेतासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell