PahiloPost

May 13, 2026 | ३० बैशाख २०८३

आइपीएल : मुम्बईको खराब प्रदर्शन कायमै, बैंगलोर १४ रनले विजयी



पहिलोपोस्ट

आइपीएल : मुम्बईको खराब प्रदर्शन कायमै, बैंगलोर १४ रनले विजयी

इन्डियन प्रिमियर लिग (आइपीएलमा) साविक विजेता मुम्बई इन्डियन्सको खराब प्रदर्शनले निरन्तरता पाउँदा रोएल च्यालेन्जर्स बैंगलोरले सिजनको तेस्रो जित हासिल गरेको छ।

गएराती भएको खेलमा बैंगलोरले मुम्बईलाई १४ रनले पराजित गर्‍यो। बैंगलोरले १६८ रनको लक्ष्य पछ्याएको मुम्बईलाई १५३ रनमा रोक्दै स्कोर डिफेण्ड गरेको हो। तेस्रो वजितपछि ८ खेलबाट ६ अंक जोडेको बैंगलोर रनरेटमा राजस्थान रोएल्सलाई पछि पार्दै पाँचौ स्थानमा उक्लेको छ।

८ खेल खेल्दा २ खेल मात्र जितेको मुम्बई ४ अंकका सात सातौँ स्थानमा छ।

घरेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो। बैंगलोरका लागि ममन बोहराले ४५, ब्रेण्डन म्याकुलमले ३७ तथा कप्तान विराट कोहलीले ३२ रन बनाए। बलिङमा मुम्बईका हार्दिक पाण्ड्याले ३ विकेट लिए।

१६८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि हार्दिक पाण्ड्याले ५० रन बनाएपनि जितका लागि पर्याप्त भएन। यस्तै जेपि डुमिनी र क्रुनल पाण्ड्याले समान २३ रन जोडे।

बलिङमा बैंगलोरका टिम साउदी, उमेश यादव र मोहम्मद सिराजले २-२ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell