PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

आइपिएल खेलमा 'अनलाइन जुवा' खेलाउने भारतीय पक्राउ



पहिलोपोस्ट

आइपिएल खेलमा 'अनलाइन जुवा' खेलाउने भारतीय पक्राउ

काठमाडौँ: अनलाइनबाट जुवा खेलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। आइपिएल खेलमा अनलाइनबाट ठुलो धनराशि बाजी राख्ने दुई युवालाई महानगरीय बृत्त जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक ४२ वर्षीय मुकेश जैसवाल र २१ वर्षीय संजिव कुमार जैसवाल रहेका छन्। उनीहरूको साथबाट प्रहरीले १ लाख ४० हजार ५ सय रुपैयाँ नगद बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell