PahiloPost

May 13, 2026 | ३० बैशाख २०८३

पार्टी एकताको विषयमा छलफल गर्न एमालेले पनि बोलायो स्थायी कमिटी 



पहिलोपोस्ट

पार्टी एकताको विषयमा छलफल गर्न एमालेले पनि बोलायो स्थायी कमिटी 

काठमाडौं: एकताका विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाइएको एमाले पार्टी कार्यालयले जनाएको छ। 

साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको गोप्य वार्ताको विषयमा ब्रिफिङ गर्ने बताइएको छ। 

पछिल्लो समय पार्टी एकताको विषय टुंगो नलागिरहेको अवस्थामा दुवै पार्टीहरू आन्तरिक छलफलमा जुटेका छन्। एकताकै विषयमा छलफल गर्नका लागि माओवादी केन्द्रको सचिवालय बैठक पार्टी मुख्यालय पेरिसडाँडामा चलिरहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell