PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

कन्सुलर विभागको कार्यालय अब नारायणहिटीमा



पहिलोपोस्ट

कन्सुलर विभागको कार्यालय अब नारायणहिटीमा

काठमाडौं: त्रिपुरेश्वरमा रहेको कन्सुलर विभाग सरेको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको विभाग हाल राहदानी विभाग रहेको नारायणहिटी दरबार क्षेत्रमा सरेको हो। 

कन्सुलर विभागको भवन २०७२ साल वैशाख १२ गते गएको भूकम्पले क्षति पुगेपछि अस्थायी भवन निर्माण गरी सेवा प्रदान गरिँदै आएको थियो। त्रिपुरेश्वरस्थित परिसरमा सरकारले नयाँ बहुउद्देश्यिक भवन निर्माण थालेको छ।

सोही कारण विभागको कार्यालय स्थानान्तर गरिएको विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले जानकारी दिए। 

बुधवारदेखि विभागबाट हुँदै आएका सबै काम नारायणहिटी दरबार क्षेत्रमा रहेको राहदानी विभाग परिसरमा कार्यालय स्थापना गरी प्रदान गरिने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell