काठमाडौं: संचारकर्मी दीपेन्द्र लामाको निर्देशनमा फिल्म 'गोपी' बन्ने घोषणा भएको छ। अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे फिल्मका लागि फार्इनल भएका छन्।
दीपेन्द्र कै कथामा बन्ने फिल्ममा सामिप्यराज तिमल्सेनाको पटकथा रहनेछ। आरोही र्इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने फिल्मको कार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेल हुन्।
फिल्मले मनोरञ्जनसँगै स्वदेशमै सपनाको खेती गर्ने युवाहरुको कथा बोल्ने निर्देशक दीपेन्द्रले बताए। खगेन्द्रले थियटरमा संघर्ष गर्दै गर्दा आफुले पत्रकारीता सुरु गरेको सम्झना गर्दै निर्देशक दीपेन्द्रले खगेन्द्रलार्इ समकालीन साथी सम्बोधन गरे।
उनले भने 'समकालीन साथीहरुबाट विशेष प्रभाव चाहीँ पार्छ। दुर्इ वर्षको ग्यापमा यो फिल्म बन्दैछ, भदौ १ बाट फिल्म छायाँकन हुनेछ।' त्यस्तै खगेन्द्रले ७ अंक आफुलार्इ फाप्ने बताउँदै आफ्नो यो सातौँ फिल्म रहेको बताए। सँधै आफ्नो लेखन रहेको फिल्म गर्ने भन्नेहरुलार्इ यो फिल्म जवाफ हुने समेत उनले जनाए।
काठमाडौं उपत्यका र तरार्इका केही दृश्यहरुमा फिल्मको छायाँकन हुनेछ। फिल्ममा शैलेन्द्र डी. कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ।