
जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भएपछि तयारी तीव्र पारिएको छ। प्रदेश २ को अस्थायी मुकाम रहेको जनकपुरमा मोदीको स्वागतका लागि रंगरोगनसमेत सुरु भएको छ।
सहरका पर्खालहरू मिथिला संस्कृतिको झल्को दिने कलाकृतिहरूले रंगिन थालेका छन्। मोदीको स्वागतमा जानकी मन्दिरदेखि वाह्रविघा रंगभूमि मैदानसम्मका पर्खालहरु राम-सीताको गाथा झल्किने गरी मिथिला चित्रकलाहरुले रंगिदैँ छन्।