काठमाडौं: संघीय समाजवादी फोरम नेपालको चुनावी समीक्षा बैठक शुरु भएको छ। काठमाडौंको शान्तिनगरस्थित ओम पार्टी प्यालेसमा चुनावी बैठक शुरु भएको हो।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई राष्ट्रिय चरित्रको पार्टी बनाउने प्रयास गर्नुपर्ने प्रस्ताव राखेका छन्। त्यसैगरी यादवले पार्टीलाई ७७ वटै जिल्लामा संगठनलाई द्रुत गतिमा विस्तार गर्दै सशक्त बनाउने बताएका छन्।
यादवले २ प्रदेश सरकारलाई काम गर्नमा पार्टीले सहयोगात्म भूमिका निर्वाह गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशनसमेत दिए। बैठक भोलिसम्म जारी रहनेछ।
तीनै तहको निर्वाचनपछि पहिलोपटक बसेको केन्द्रीय समितिमा निर्वाचन समीक्षाबाहेक, रिक्त पदाधिकारी मनोनयन, सरकारमा जाने या नजाने भन्ने बारेमा छलफल हुनेछ। निर्वाचनमा फोरमले प्रदेश १ र प्रदेश ५ मा सोचेजस्तो मत पाउन सकेको थिएन।