PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

बैशाख २८ मा पूर्णीमाको ‘हिरोज’



पहिलोपोस्ट

बैशाख २८ मा पूर्णीमाको ‘हिरोज’

काठमाडौं: अभिनेत्री पूर्णीमा लामाले निर्माण गरेको फिल्म ‘हिरोज’को नयाँ  प्रदर्शन मिती तय भएको छ। पछिल्लो समय प्राविधिक कारण देखाउँदै निर्माण टिमले चैत्र २३ मा प्रदर्शन गर्ने भनिएको फिल्म सारेका थिए।

अब यो फिल्म बैशाख २८ मा प्रदर्शन हुनेछ। एक्सन, लव, कमेडी विधामा आधारीत फिल्ममा कलाकारहरु करिश्मा मानन्धर, जयकिशन बस्नेत, मुकेश ढकाल, पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतको मुख्य अभिनय छ।

 एनवी महर्जनको निर्देशनमा बनेको फिल्ममा शेखर लामा, युवराज लामा र संजोग राणाको लगानी रहेको छ। लक्ष्मी लामाको प्रस्तुत रहेको फिल्ममा कमल राई, कविराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी, शिब ढकाल र रामशरण उप्रेतीको छायाँकन रहेको छ।

यसअघि रेलिमाइ र नेप्टेमा अभिनय गरेकी निर्मात्री पूर्णिमा, फिल्मले दर्शकको मन जित्नेमा आशावादी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell