PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

३३ किलो सुन काण्डमा बयानका लागि मोरङ पुगेका एसएसपी लोहनी पक्राउ



सविन ढकाल

३३ किलो सुन काण्डमा बयानका लागि मोरङ पुगेका एसएसपी लोहनी पक्राउ

काठमाडौं : चर्चित ३३ किलो सुन प्रकरणमा बयान दिन मोरङ पुगेका नेपाल प्रहरीका एसएसपी दिवेश लोहनी जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परेका छन्। बयानका लागि पुगेका लोहनीलाई पक्राउ पूर्जी थमाउँदै नियन्त्रणमा लिइएको हो। 
  
सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले त्रिभुवन विमानस्थलबाट तस्करी हुँदै बाहिरिएको ३३ केजी सुन प्रकरणमा यसअघिसम्म ६ जना प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। 

फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पारेसँगै सुन प्रकरणले नयाँ मोड लिएको थियो। 

३३ केजी सुन प्रकरणको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीमाथि नै शंका भएपछि गृह मन्त्रालयको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालय नक्सालले चैत २२ गते जिम्मेवारीबाट मुक्त भएको पत्र थमाएको थियो। 

उनीसँगै अनुसन्धानमा खटिएका डिएसपी प्रजित केसी र बालकृष्ण सञ्जेल पनि जिम्मेवारीमुक्त भएका छन्। डिएसपी केसी र सञ्जेललाई छानबिन समितिले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell