PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

'नेक्स्ट सुपर टप्स मोडल २०१८' दोश्रो सिजनको अडिसन सुरु



पहिलोपोस्ट

'नेक्स्ट सुपर टप्स मोडल २०१८' दोश्रो सिजनको अडिसन सुरु

काठमाडौं :  सङ्स नेपाल प्रालि को आयोजनामा 'नेक्स्ट सुपर टप्स मोडल नेपाल' प्रतियोगिताको दोस्रो सिजन सुरु हुने भएको छ। दोस्रो सिजनको अडिसन आउँदो जेठ १९ गते काठमाडौँको बानेश्वरमा अवस्थित रेड डाइमन्ड क्याफेमा हुनेछ।

भविष्यमा अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा नेपालबाट प्रतिनिधित्व गराउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजक टिमका डेभिल सिंह राजपुतले बताए।

१६ वर्षदेखि ३० वर्षका उमेर समूहकाले मात्र यसमा सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगिताका विजेताले चलचित्र, म्युजिक भिडियोमा समेत सहभागी हुन पाउने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण दिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell