काठमाडौं: फिल्म 'बेबी आइ लव यू' को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ। ‘सायद तेरो मेरो’ बोलको उक्त गीतको भिडियोमा कलाकार सन्तोष खड्की र पूजा तिवारी फिचर्ड छन्।
जनक पाण्डे निर्देशित फिल्म आगामी जेठ १८ मा प्रदर्शन हुनेछ। फिल्ममा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, बिमला गिरी लगायतको अभिनय रहेको छ।
शिव न्यौपाने निर्मित फिल्मका सह निर्माता सिर्जना परियार र दुर्गा पाण्डे हुन्।