PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

मोफसल यात्रामा ‘हैरान’



पहिलोपोस्ट

मोफसल यात्रामा ‘हैरान’

काठमाडौं: फिल्म ‘हैरान’ युनिट राष्ट्रिय प्रतिभाको खोजिका लागि मोफसलतर्फ लागेका छन्। हैरान च्यालेन्ज अन्तर्गत नृत्य, अभिनय र गायन विधामा प्रतिभाको खोजि गर्न निर्देशक सौगात विष्टसँगै कलाकारहरु गजित विष्ट, निर्मल शर्मा, सगार लम्साल, आरोही शर्मा मोफसल यात्रामा निस्किएका हुन्। 

वैशाख २० गते झापाबाट सुरु हुने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ।

अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन्। विश्वकै कान्छा निर्देशक सौगात विष्ट निर्देशित ‘हैरान’ जेठ ४ मा प्रदर्शन हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell