PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

नियमावलीको मस्यौदा टुंगिएन : भोलि मतदान हुने सम्भावना



पहिलोपोस्ट

नियमावलीको मस्यौदा टुंगिएन : भोलि मतदान हुने सम्भावना

काठमाडौं: आज बसेको प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिको बैठकले मस्यौदामाथि सहमति जुटाउन सकेन। संघीय संसदको दोस्रो अधिवेशन आह्वान हुँदासमेत समितिले मस्यौदालाई अन्तिम रूप दिन सकेको छैन।

समितिमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद जारी छ। संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने वा नगर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद जारी रहेको छ।

शीर्ष नेतृत्वमा छलफल भएपनि यस विषयमा टुंगो लाग्न नसकेपछि समिति भित्रै मस्यौंदामाथि विहीवार मतदान हुने सम्भावना रहको छ।
समितिमा सत्ता पक्षको बहुमत छ। 

प्रतिनिधि सभाको मस्यौदा समितिमा विवाद जारी रहँदा राष्ट्रिय सभाको नियमावादी मस्यौदा समितिको बैठकसमेत प्रभावित बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell