PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

'अधिकांश मन्त्री किसानका छोराछोरी भएको बेला भूमि समस्या समाधान नगरे देश बर्बाद हुन्छ' 



पहिलोपोस्ट

'अधिकांश मन्त्री किसानका छोराछोरी भएको बेला भूमि समस्या समाधान नगरे देश बर्बाद हुन्छ' 

काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारमा अधिकांश मन्त्रीहरु किसानका छोराछोरी भएको बताउँदै किसानका छोराछोरीबाट पनि भूमि सम्बन्धी समस्या हल नभए देश बर्बाद हुने बताए।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार अपरान्ह राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको कार्यक्रममा उनले भने, ‘अहिले पनि भूमी सम्बन्धी समस्या समाधान गर्न सकिएन भने देश बर्बाद हुन्छ भन्ने हाम्रो चिन्ता छ। राष्ट्रकै अस्तित्व खतरामा पर्छ भन्ने चिन्ता छ।’

अध्यक्ष प्रचण्डले भू–उपयोग नीति बनेको तर कानूनको अभावमा कामलाई अगाडि बढाउन कठिनाई परेको जानकारी दिँदै अहिले आफूहरु कानून निर्माणको प्रक्रियामा रहेको बताए।

भने, ‘हामी सबैको एउटै मुद्धा र उद्देश्य छ। कृषिमा भूमिको समस्या समाधान नगरी अरु सबै कुरा हवाई हुन जान्छन्। आधारभूत कुरा भनेकै भूमि व्यवस्थापन नै हो।’

उनले सुकुम्वासी भूमिसम्बन्धी तमाम समस्याहरु समाधान गर्न कृषि मन्त्रालय, भूमि व्यवस्थापन मन्त्रालय र पशुपक्षी मन्त्रालय सबै एकै ठाउँमा केन्द्रित भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell