PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

अमेरिकामा एक नेपालीको मृत्यु



पहिलोपोस्ट

अमेरिकामा एक नेपालीको मृत्यु
प्रतीकात्मक तस्बिर

रुकुमः आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक नेपालीको मृत्यु भएको छ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो। एक्कासी मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दागर्दै उनको आइतबार बिहान निधन भएको मृतकका मामा चन्द्र बुढामगरले जानकारी दिए।

मृतक बुढामगरको शव नेपाल ल्याउन समस्या हुने भएपछि अमेरिकामा नै अन्तिम संस्कार गरिएको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell