PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

आइपीएलः राजस्थानमाथि दिल्लीको रोमाञ्चक जित



पहिलोपोस्ट

आइपीएलः राजस्थानमाथि दिल्लीको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली डेयरभेभिल्सले राजस्थान रोयल्समाथि चार रनको रोमाञ्चक जित दर्ता गरेको छ। वर्षाले अवरुद्ध खेलमा १२ ओभरमा १५१ रनको लक्ष्य पछ्याएको राजस्थानले १४६ रनमात्र जोड्न सकेपछि दिल्लीले चार रनको जित हासिल गरेको हो।

घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको दिल्लीले १७ ओभर १ बलमा १९६ रन बनाएको थियो। दिल्लीको इनिङमा ऋषभ पन्तले ६९ र कप्तान श्रेयस ऐयर ५० रनको योगदान दिए। 

खेल जारी रहँदा पानी परेपछि डकवर्थ लुइस नियमका आधारमा राजस्थानलाई १२ ओभरमा १५१ रनको लक्ष्य दिइएको थियो। राजस्थानका लागि जोस बट्लरले आक्रमक ब्याटिङ गर्दै २६ बलमा ६७ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। 

बलिङतर्फ राजस्थानका जयदेव उनादकटले तीन विकेट लिए। यस्तै, दिल्लीका ट्रेन्ट बोल्टले दुई विकेट हात पारे। 

९ खेल खेलेको दिल्लीको यो तेस्रो जित हो। दिल्ली अंकतालिकाको छैटौँ स्थानमा छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell