PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सुन तस्करी प्रकरणः ५२१ पटकको कारोबार, कसले मगायो को हुन् भरिया? हेर्नस् सूची



सविन ढकाल

सुन तस्करी प्रकरणः ५२१ पटकको कारोबार, कसले मगायो को हुन् भरिया? हेर्नस् सूची

काठमाडौँः ३३ किलो सुन प्रकरणबाट सुरु भएको प्रहरी अनुसन्धानमा सन् २०१५ देखि हालसम्म ५२१ पटक सुन तस्करी भएको विवरण फेला पारेको छ। सरकारी वकिल कार्यालय मोरङले बुधबार जिल्ला अदालतमा दायर गरेको मिसिलमा तथ्याङ्क सामेल गरिएको छ।

जसमा सुन मगाउने व्यक्ति र भरियाको समेत विवरण उल्लेख गरिएको छ।

बुधबार सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालयले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बनाएर पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो।

आपराधिक समूह स्थापना र सञ्चालन गरी ३७ लाख ९९ हजार ५५९ ग्राम सुन चोरी निकासी पैठारीको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको हो।

 

सुनको बजार भाउ अनुसार मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो दाबी

हेर्नुस् कहिले कति मगाइयो सुन
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell