काठमाडौं: फिल्म 'लम्फू'को नयाँ गीति भिडियो सार्वजनिक भएको छ। युवराज सापकोटाको शब्द, अर्जुन पोख्रेलको संगीत, गायक प्रमोद खरेलको स्वर रहेको 'तिमीलार्इ भुलेर' गीतको भिडियो युट्युबमार्फत रिलिज भएको हो।
गीतमा फिल्मका मुख्य कलाकार कबिर खड्का र मरिश्का पोख्रेल फिचर्ड् छन्। गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। बैशाख २८ गते प्रदर्शन हुने फिल्मलार्इ गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन्। एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा फिल्ममा समेटिएको छ ।
फिल्ममा कबिर र मरिश्कासँगै सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की लगायतको मुख्य अभिनय छ। पछिल्लो समय तरकारीवालीको नामले प्रख्यात कुशुम श्रेष्ठले पनि फिल्ममा डेब्यू गरेकी छिन्।
पपुलर मल्टिमिडियाको ब्यानरमा निर्माण भएको यस फिल्ममा भूपतिको लेखन, दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन रहेको छ।