PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

च्याम्पियन्स लिग : लिभरपुल फाइनलमा, रियलसँग उपाधि भिडन्त



पहिलोपोस्ट

च्याम्पियन्स लिग : लिभरपुल फाइनलमा, रियलसँग उपाधि भिडन्त

दोस्रो लेगमा रोमासँग पराजित भएपनि समग्रमा ७-६ ले विजयी हुँदै इंगलिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

रोमाको घरेलु मैदानमा भएको दोस्रो लेग रोमाले ४-२ ले जितेको थियो। तर पहिलो लेगमा ५-२ को जित हात पारेको लिभरपुल दोस्रो लेगमा पराजित भएपनि फाइनल पुग्न सफल भएको हो।

लिभरपुलले अब उपाधिका लागि स्पानिस क्लब रियल मड्रिडसँग खेल्नेछ। रियल वायर्न म्युनिखलाई पराजित गर्दै फाइनल पुगेको हो।

रोमाका लागि राद्जा नाइङ्गोलानले २ तथा एडेन जेकोले १ गोल गरे। लिभरपुलका जेम्स मिलनरले एक आत्मघाती गोल गरे। लिभरपुलका लागि साडियो माने र जर्जिनियो विजनालडमले १-१ गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell