
काठमाडौं: यस वर्ष विश्व प्रेस स्वतन्त्रताको सुचांकमा नेपाल १०६ औं स्थानमा परेको छ। कुल १८० देश मध्ये नर्वे पहिलो स्थानमा रहेको छ भने सबभन्दा अन्तिममा उत्तर कोरिया परेको छ।
‘रिपोर्टस् वीदाउट बोर्डर’ले सार्वजनिक गरेको रिर्पोट अनुसार नर्वेमा पे्रस स्वतन्त्रताको अवस्था निकै राम्रो मानिएको छ भने उत्तर कोरियामा सबभन्दा खराब। नेपालको मधेशमा आन्दोलनका क्रमममा प्रेसमाथि भएका घटनाहरुलाई उसले प्राथमिकतामा देखाएका छ।
यता नेपाल पत्रकार महासंघका अनुसार यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लंघन सम्बन्धी ६२ वटा घटना भएका छन् । यी घटनाहरुमा ८७ जना पत्रकारहरु पीडित भएका छन्।
यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका सबैभन्दा धेरै घटनाहरु प्रदेश ३ मा भए भने सबैभन्दा कम प्रदेश नं १ मा भए । प्रदेश नं ३ मा २७ वटा यस्ता घटना भएका थिए भने प्रदेश नं १ मा ३ वटा घटना भएका थिए । त्यसैगरी प्रदेश नं २ मा ५, प्रदेश नं ४ मा ९, प्रदेश नं ५ मा ७, कर्णाली प्रदेशमा ४ र प्रदेश नं ७ मा ७ वटा घटना भए।
तर फ्रिडम फोरम नेपालको प्रतिवेदन अनुसार यस वर्ष ६६ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका छन्। जसमा २७ वटा आक्रमण, १६ वटा अवरोध, १४ वटा मार्ने धम्की र ८ वटा पक्राउलगायतका घटना भएका थिए।