काठमाडौं : फिल्म 'प्रेमालय' बन्ने घोषण भएको छ। नातिनातिनालार्इ तेल लगाउन अष्ट्रेलिया पुग्ने आमाबाबु र त्यहाँ बसोबास गर्ने नेपालीको कथामा फिल्म बन्ने भएको हो।
फिल्ममा अभिनेत्री मरिश्का पोख्रेलसँगै डेव्यू गर्दैछन् निराजन प्रधान, सन्नी ढकाल र डा. सुर्या थापा। फिल्मका लागि अन्य कलाकार र प्राविधिकको खोजी जारी रहेको निर्माण टिमले जनाएको छ।
रोमान्स जनरामा बन्ने फिल्मलार्इ कुमार शाहले निर्देशन गर्नेछन्। सुवास श्रेष्ठ फिल्मका निर्माता हुन्। फिल्मको छायाँकन ३० प्रतिशत नेपाल र बाँकी अष्ट्रेलियामा हुनेछ। निराजनले डेव्यू फिल्म भएकाले उत्साहित रहेको बताए।
मरिश्काले आफ्नो अभिनयबारे भनिन्, 'इमोसनल, सेन्सेटिभ, लभिङ र केयरिङ केटीको भूमिका गर्दैछु।' अर्को हप्ताबाट फिल्मको छायाँकन सुरु हुनेछ।