PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

आन फुटसल टुर्नामेन्ट हुने



पहिलोपोस्ट

आन फुटसल टुर्नामेन्ट हुने

काठमाडौं : नेपाल विज्ञापन संघ (आन) को आयोजनामा 'आन फुटसल टुर्नामेन्ट-२०७५' हुने भएको छ। यही वैशाख २५ देखि २९ गतेसम्म प्रतियोगितामा हुने बुधवार आयोजकले जानकारी दिएको हो।

फिल्ड फुटसल, सानेपामा हुने प्रतियोगितामा कूल ३२ टिमले सहभागिता जनाउने आयोजक आनका अध्यक्ष रबिन्द्र कुमार रिजाले जानकारी दिए।

सहभागि ३२ टोलीलाई ८ समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइनेछ। प्रतियोगितामा एड एजेन्सी, संचारगृह र औद्योगिक तथा व्यावसायीक संस्थाबीच प्रतिस्पर्धा हुनेछ। बुधवारै प्रतियोगिताको लागि ड्र समेत गरिएको छ।

प्रतियोगिताको विजेताले नगद ७५ हजार, ट्रफी र मेडल हात पार्नेछन् भने दोस्रो हुनेले ५० तथा तेस्रोले २५ हजार प्राप्त गर्नेछन्।

आनका अध्यक्ष रिजालले खेलकुद क्षेत्रमा पनि सहयोग गर्ने उदेश्यले फुटसल प्रतियोगिता गर्न लागेको बताए। चौधरी ग्रुपको नेपाल आइस र सिजि सिमेन्टले प्रतियोगिताको प्रायोजन गरेको छ।

 

आन र एनएसजेएफबीच सम्झौता

यस्तै आन र नेपाल खेलकुद पत्रकार मन्त्र (एनएसजेएफ) बीच एक वर्षको लागि सहकार्य गर्ने सम्झौता भएको छ। बुधवारै भएको सम्झौतापत्रमा आनकातर्फबाट रबिन्द्र रिजाल र एनएसजेएफका अध्यक्ष महेश आचार्यले हस्ताक्षर गरे।

एनएसजेएफका अध्यक्ष आचार्यले यो सम्झौता एक वर्षको लागि रहेको र भविष्यमा निरन्तरता दिने बताए।

आचार्यका अनुसार सम्झौतापछि आनको कार्यक्रममा एनएसजेएफले सहयोग गर्ने तथा एनएसजेएफको कार्यक्रममा आनले सहयोग गर्ने जानकारी दिए। एनएसजेफले गर्ने पल्सर स्पोर्ट्स अवार्डमा समेत आनले सहयोग गर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell