
काठमाडौं: फिल्म 'रणवीर’ को छायाँकन यतिबेला सुदुरपस्चिमको रमणीय स्थलमा भईरहेको छ । एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको छायाँकन धनगढी, घोडाघोडी ताल लगायतका रमणीय स्थलमा अझै बाँकि छ ।
गोविन्दसिंह भण्डारीको निर्देशनमा कलाकार सुशील सिटौला , सुपुष्पा भट्ट , हरिहर शर्मा , जगदीश रिजाल लगायतको छायाँकन भईरहेको छ । दिपेन्द्र रेग्मी र गोमा विष्ट फिल्मका निर्मानता हुन्।
प्रशान्त ताम्राकार , टिका पहारी, रवी गिरी , नरेश पौडेल ,भोलाराज सापकोटा, जीवन भट्टराई, बसन्ती भट्ट शैलेश्वरी सिंह फिल्मका अन्य कलाकार हुन्। टिमले छायाँकन सेटबाट फिल्मका केहि तस्वीर सार्वजनिक गरेका छन्।