PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

एसियन गेम्स तयारीका लागि नेपाली तेक्वान्दो टोली कोरियातर्फ



पहिलोपोस्ट

एसियन गेम्स तयारीका लागि नेपाली तेक्वान्दो टोली कोरियातर्फ

काठमाडौं : आगामी सेप्टेम्वरमा इन्डोनेसियामा हुने एसियन गेम्सका लागि नेपाली तेक्वान्दो खेलाडीले दक्षिण कोरियामा वैदेशिक प्रशिक्षण लिने भएका छन्। खेलाडीले कोरियामा ३ महिनाको प्रशिक्षण लिनेछन्।

राष्ट्रिय खेलकुद परिषद् र नेपाल तेक्वान्दो संघको पहलमा खेलाडीले विदेशमा प्रशिक्षण गर्ने अवसर प्राप्त गरेका हुन्।

कोरिया जाने खेलाडीलाई बिहीवारै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट लगायत नेपाल तेक्वान्दो संघका पदाधिकारीले बिदाई गरे।

ओलम्पियन संगिता वैद्यको नेतृत्वमा तेक्वान्दोको १० खेलाडी कोरिया गएका हुन्। एसिएन गेम्सका लागि छनोट हुने तेक्वान्दो खेलाडीमा ५ महिला र ५ पुरुष खेलाडी छन्।

जसमा पुरुषतर्फ ५८ केजीमुनी सागर गुभाजु, ६३ केजीमुनी वीरबहादुर महरा, ६८ केजीमुनी ज्ञानेन्द्र हमाल, ८० केजीमुनी भुपेन श्रेष्ठ र ८० केजीमाथि अनोज पुजारी छन्। यस्तै महिलातर्फ ४९ केजीमुनी अस्मिता खड्का, ५३ केजीमुनी निमा गुरुङ, ५७ केजीमुनी ज्ञानी चुनारा, ६७ केजीमुनी संगिता बस्याल र ६७ केजीमाथि निशा रावल छन्।

उनीहरुले सोलको चुङ वो मार्सल आर्टस् इन्सिच्युटमा ३ महिना प्रशिक्षण लिनेछन्। र त्यतैबाट इन्डोनेसिया प्रस्थान गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell