PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

'हिरो रिटर्न्स'को गीत सार्वजनिक



पहिलोपोस्ट

'हिरो रिटर्न्स'को गीत सार्वजनिक

काठमाडौं : फिल्म 'हिरो रिटर्न्स'को शीर्ष गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले पहिलो प्रचार अस्त्रका रुपमा फिल्मको 'हिरो' बोलको गीत सार्वजनिक गरेको हो।

टंक बुढाथोकीको शब्द तथा संगीतमा तयार भएको गीतमा टंकसँगै मनिषा पोखरेलको स्वर रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सविन श्रेष्ठ र आँचल शर्मा फिचर्ड छन्। ‍

यसअघि वैशाख २८ मा प्रदर्शन गर्ने भनिएको 'हिरो रिटर्न्स'को प्रदर्शन मिति भने  पोष्टपोण्ड भएको छ। निर्माता भीम न्यौपानेकै लगानीमा बनेको अर्को फिल्म 'सुनकेसरी'को पनि त्यही मितिमा प्रदर्शन हुने भएपछि  पोष्टपोण्ड गरिएको निर्माण टिमले जनाएको छ।

आशिष भेटवालको निर्देशनमा बनेको फिल्मलाई मदन कश्यप घिमिरेले छायांकन गरेका हुन्। फिल्ममा सविनसँगै रेखा थापा, दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर (इकु), सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जन, सुशान्त श्रेष्ठ, किरण थापा, लक्ष्मी गिरी लगायतको अभिनय छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell