PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

विद्युत चोरी गर्ने दशजना पक्राउ



पहिलोपोस्ट

विद्युत चोरी गर्ने दशजना पक्राउ

राजविराजः सप्तरी जिल्लामा व्यापक विद्युत् चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बिहीबार १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको केन्द्रका प्रमुख चन्देश्वर साहले बताए। पक्राउ परेका उनीहरुको साथबाट पाँच थान मोटर, दुई थान पंखा एक थान टिभी र दुई थान विद्युत् मिटर बरामद गरिएको प्रमुख साहले जानकारी दिए।

पक्राउ परेकामाथि विद्युत् ऐनअनुसार रु पाँच हजारका दरले जरिवाना तिराएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। केही दिनयता विद्युत चोरी हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले हुकिङ नियन्त्रण अभियानलाई तीव्रता दिएको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell