PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

फ्राइडे रिलिज: दुई नेपाली फिल्म सार्वजनिक



पहिलोपोस्ट

फ्राइडे रिलिज: दुई नेपाली फिल्म सार्वजनिक

काठमाडौं: फिल्महरु 'डमरुको डण्डीबियो' र 'भोर' सार्वजनिक भएका छन्। फ्राइडे रिलिज अन्तर्गत रिलिज भएका फिल्महरुले मल्टिप्लेक्स र सिंगल दुबै थिएटरमा सो पाएका छन्।

सामाजिक तथा स्पोर्ट ड्रामा 'डमरुको डण्डीबियो'मा खगेन्द्र लामिछाने फिल्मका मुख्य अभिनेता हुन्।

लामिछाने र छेतन गुरुङको संयुक्त कथा लेखनमा तयार फिल्मलाई समृद्धी इन्टरटेनमेन्टले प्रस्तुत गरेको हो। फिल्मलाई छेतन गुरुङको निर्देशन गरेका हुन्।

कलाकारहरु अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, बुद्धी तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण बिक्रम बस्नेत, अंकित खड्का लगायतले अभिनय गरेका छन्।

त्यस्तै सामाजिक ड्रामा 'भोर'ले तराईंमा व्याप्त दाइजो प्रथाको कथा भन्छ।

मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको फिल्ममा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायत लिड रोलमा छन्। दिपक बज्राचार्यले खिचेको भोरलाई यादवकुमार भट्टराईले निर्देशन गरेका हुन्। फिल्मको कथा कृष्ण धारावसीले लेखेका हुन् भने पटकथा निर्देशक भट्टराईको नै रहेको छ।

यो साता कुनैपनि विदेशी फिल्म नेपाल रिलिज भएनन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell