PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

‘अनन्त यात्रा’लाई रसियाको अवार्ड



पहिलोपोस्ट

‘अनन्त यात्रा’लाई रसियाको अवार्ड

काठमाडौं : सुनिल पाण्डेको लेखन तथा निर्देशनमा बनेको सर्ट फिल्म ‘अनन्त यात्रा’ले रसियाको अवार्ड प्राप्त गरेको छ। मस्कोमा भएको ‘भिडियो आर्ट फेस्टीवल’मा उत्कृष्ट फिल्ममध्येको तेश्रो ‘नाउ एण्ड आफ्टर’को अवार्ड फिल्मले प्राप्त गरेको हो।

हजुरआमाको निधनपछि उहाँकै सम्झनामा ‘अनन्त यात्रा’ बनाएको निर्देशक पाण्डेले बताएका छन्। यसअघि उक्त सर्ट फिल्म अष्ट्रियामा भएको युकी इन्टरनेश्नल युथ मिडिया फिल्म फेस्टीवल, जर्मनमा भएको बर्लिन एक्सपेरीमेन्टल सर्ट फिल्म फेस्टीवल र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव,ओस्कर कलेज सर्ट फिल्म फेस्टीवल, एकादेशमा अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टीवलबाट उत्कृष्ट अवार्ड जितेको थियो।

फिल्ममा राधा लम्साल मुख्य भूमिकामा देखिएकी छिन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell