PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

आइपीएल : शुभमन गिलको अर्धशतकमा कोलकता विजयी, चेन्नाईको तेस्रो हार



पहिलोपोस्ट

आइपीएल : शुभमन गिलको अर्धशतकमा कोलकता विजयी, चेन्नाईको तेस्रो हार

इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीवार भएको खेलमा कोलकता नाइड राइइर्सले शीर्ष स्थानको चेन्नाईलाई ६ विकेटले पराजित गरेको छ। जितपछि कोलकता ९ खेलबाट १० अंकसहित तेस्रो स्थानमा उक्लेको छ भने चेन्नाई दोस्रो स्थानमा जरेको छ। समान १२ अंक भएपनि रनरेटमा चेन्नाई सनराइजर्स हैदरावाद भन्दा पछि परेको हो। हैदरावादले ८ खेलमा १२ अंक जोडेको छ। चेन्नाईले एक खेल बढी खेलेको छ।

घरेलु मैदान एडेन गार्डेनमा कोलकताले १७८ रनको लक्ष्य १७.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो। कोलकतालाई सिजनको पाँचौ जित दिलाउन युवा खेलाडी शुभमन गिलले नटआउट ५७ रन बनाए। गिलले ३६ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे। आइपीएलमा अर्धशतक हान्ने गिल चौथो योङ्गेस्ट प्लेअर समेत बनेका छन्। गिल भन्दा कम उमेरमै पृथ्वी शाह, सन्जु सामसन र रिसव पन्तले अर्धशतक प्रहार गरेका थिए। 

यस्तै कप्तान दिनेश कार्तिकले आक्रमक ब्याटिङ गर्दै १८ बलमा नटआउट ४५ रन बनाए जसमा ७ चौका र १ छक्का सामेल थियो। सुनिल नारिले २० बलमा ४ चौका र २ छक्काको मद्दतमा ३२ रन योगदान गरे।

त्सअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो। चेन्नाईका लागि कप्तान महेन्द्र सिंह धोनीले नटआउट रहदै सर्वाधिक ४१ रन बनाए। यस्तै शेन वाट्सनले ३६ तथा सुरेश रैनाले ३१ रन जोडे।

बलिङमा कोलकताका सुनिल नारिनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। पियुष चावलाले पनि २ विकेट लिए।

३२ रन बनाउनुका साथै २ विकेट लिएका नारिन खेलको म्यान अफ म्याच घोषित भए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell