PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

युरोपा लिग : डिएगो कोस्टाको निर्णायक गोलमा एट्लेटिको फाइनलमा, आर्सनल बाहिरियो



पहिलोपोस्ट

युरोपा लिग : डिएगो कोस्टाको निर्णायक गोलमा एट्लेटिको फाइनलमा, आर्सनल बाहिरियो

युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता युरोपा लिगाको उपाधिका लागि स्पानिस क्लब एट्लेटिको मड्रिड र फ्रेन्च क्लब मार्से भिड्ने भएका छन्।

डिएगो कोस्टाले सेमिफाइनल दोस्रो लेगमा निर्णायक गोल गरेपछि इंगलिस क्लब आर्सनललाई समग्रमा २-१ ले पराजित गर्दै एट्लेटिकोले फाइनलमा स्थान बनाएको हो।

घरेलु मैदान भएको खेलमा एट्लेटिकोलाई १-० को जित दिलाउन कोस्टाले पहिलो हाफमा अन्तिम समयमा गोल गरे। पहिलो लेगमा दुवै क्लबले १-१ को बराबरी खेलेका थिए।

यस्तै अर्को सेमिफाइनलमा मार्सेले अष्ट्रिय क्लब साल्जवर्गलाई समग्रमा ३-२ ले हरायो। दोस्रो लेगमा २-१ ले पराजित भएपिन पहिलो लेगमा पहिलो लेगमा २-० को जित हात पारेको मारेस फाइनल पुगेको हो।

मार्सेलाई फाइनल पुर्‍याउन दोस्रो लेगको अतिरिक्त समयमा रोलान्डले गरेको गोल निर्णायक बन्यो। निर्धारित समयमा साल्जवर्गले २ गोल (हमादोउ हैदरा एक गोल, मार्सेका बुएना सारको आत्मघाती गोल) गर्दै समग्रमा खेल २-२ को बराबरी गरेको थियो। त्सपछि ३० मिनेट थप गरिएको थियो र त्यसको २६औँ (११६औँ) मिनेटमा रोलान्डले गोल गर्का हुन्।

युरोपा लिगको फाइनल खेल मे १७ मा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell