PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

आज बस नचलाउनेलाई पक्रिन गृह मन्त्रीको निर्देशन



पहिलोपोस्ट

आज बस नचलाउनेलाई पक्रिन गृह मन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएका छन्। 

सरकारले यातायात समिति खारेज गरेको विरोधमा यातायात व्यवसायीका संगठनले आज सेवा बन्द गरेका छन्। यातायात बन्द हुँदा लामो दुरीका यात्रु मारमा परेका छन्। 

जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै व्यवसायीलाई ऐन अनुसार कारबाही अगाडि बढाउन पत्राचार गरिसकिएको गृह मन्त्रालयका अधिकारीले जानकारी दिए। आवश्यक परेको खण्डमा पक्राउ समेत गर्ने गृहमन्त्री थापाले निर्देशन दिएका हुन्। 

त्यस्तै गृहमन्त्रीले खारेज भएका समितिको सम्पत्ति पनि छानविन प्रकृया अगाडि बढाउन निर्देशन दिएका छन्। चालु आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ सञ्चालनमा आएका समिति खारेज गर्ने निर्णय सरकारले गरेको थियो। निर्णयपछि यातायात व्यवसायी आन्दोलित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell