PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सार्वजनिक सवारी नचल्दाको सास्ती: फोटोमा हेर्नुस्

सार्वजनिक सवारी नचल्दाको सास्ती: फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


सरकारले यातायात समिति खारेज गरेको विरोधमा यातायात व्यवसायीका संगठनले आज सेवा बन्द गरेका छन्। यातायात बन्द हुँदा लामो दूरीका यात्रु मारमा परेका छन्। 

उपत्यकामा कम्पनीमा आवद्ध सवारी चले पनि समिति आवद्ध सवारी नचलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए। 

सबै गाडी ग्यारेजमा थन्क्याइएको कर्माचार्यले बताए। 

चालु आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ सञ्चालनमा आएका समिति खारेज गर्ने निर्णय सरकारले गरेको थियो। निर्णयपछि यातायात व्यवसायी आन्दोलित छन्। 

सरकारको निर्णयबाट असार मसान्तपछि तीन सयभन्दा बढी समिति खारेजीमा पर्नेछन्। संस्था दर्ता ऐन अनुसार चलाइएका समिति नवीकरण नगर्ने सरकारको निर्णयपछि केही समिति कम्पनीमा दर्ता भइसकेका छन्। 


ट्रेन्डिङ पोस्ट

Ncell