PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

गृहमन्त्रीको निर्देशनको असर : समातिन थाले यातायात व्यवसायी



सविन ढकाल

गृहमन्त्रीको निर्देशनको असर : समातिन थाले यातायात व्यवसायी

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्नेलाई कारबाही गर्ने निर्देशन दिएलगतै प्रहरीले यातायात समितिका पदाधिकारीलाई समात्न सुरु गरेको छ।

प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवन बन्जाडे र उपाध्यक्ष पदम गहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए। यातायात बन्द हुँदा लामो/छोटो दुरीका यात्रु मारमा परेका छन्। 

जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै व्यवसायीलाई ऐन अनुसार कारबाही अगाडि बढाउन पत्राचार गरिसकको थियो। आफ्ना केही व्यवसायीहरुलाई पक्राउ गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महाशाखका नेता डोलनाथ खनालले जानकारी दिए। पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'सरकारले हाम्रा केही साथीहरुलाई नियन्त्रणमा लिएको छ। तर, हाम्रो आन्दोलन जारी छ।' 

त्यस्तै गृहमन्त्रीले खारेज भएका समितिको सम्पत्तिमाथि छानविन प्रकृया अगाडि बढाउन निर्देशन दिएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले पनि यातायात बन्द गराउने व्यवसायीहरुलाई खोजी गरिररहेको परिसरका डिएसपी मोहनकुमार थापाले बताए। उनले भने, 'सरकारको निर्देशन बमोजिम ब्यवसायीहरुको खोजी गरिरहेका छौं।‘ 

चालु आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ सञ्चालनमा आएका समिति खारेज गर्ने निर्णय सरकारले गरेको थियो। निर्णयपछि यातायात व्यवसायी आन्दोलित छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell