काठमाडौं : 'टर्किस एअरलाइन्स वर्ल्ड गल्फ कप'को काठमाडौं छनोट आगामी शनिवार हुने भएको छ। अमाच्योर सिरिज अन्तर्गत टर्कीमा हुने वर्ल्ड गल्फ कपको विश्वका विभिन्न देशमा हुने छनोट जस्तै नेपालमा पनि छनोट प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिताको यो छैटौँ संस्करण हो। यस पटक विश्वका ६३ देशका १०० स्थानमा ८ हजार भन्दा बढी खेलाडीले छनोटमा भाग लिने टर्किस एअरलाइन्स काठमाडौंका जेनेरल म्यानेजर अब्दुल्लाह टुनसेर केसीसीले जानकारी दिए।
गोकर्ण गल्फ क्लबमा हुने एक दिने प्रतियोगितामा करिब १०० नेपाली गल्फरले प्रतिस्पर्धा गर्ने गोकर्ण गल्फ क्लबका डिरेक्टर दिपक आचार्यले जानकारी दिए। आचार्यका अनुसार गुड प्लेअर सेगमेन्ट र कर्पोर्टे सेगमेन्ट गरी दुई भागमा खेलाडीलाई प्रतिस्पर्धा गराइने र ओभरअल विनर टर्कीको एन्तालयमा हुने वर्ल्ड गल्फ कपका लागि छनोट हुनेछ।
प्रतियोगिता ३ वाई ४ ह्याण्डिक्याप स्टेफल पर्म्याटमा हुनेछ।
टर्किस एअरलाइन्स काठमाडौंका प्रतिनिधि अब्दुल्लाहले विगत ६ वर्षदेखि गर्दै आइरहेको यस प्रतियोगिता काठमाडौंमा गर्न पाउदा खुशी लागेको बताए। उनले नेपालको टुरिजन प्रमोसनका लागि समेत यसले सहयोग गर्ने बताए।
यस्तै दिपक आचार्यले यो प्रतियोगिता नेपाली गल्फरका लागि राम्रो प्ल्याटफर्म रहेको र खेलाडीहरुले समेत सिरियस रुपमा लिएको बताए।
'यसमा नेपालका सबै गल्फ क्लबका गरी १०० गल्फरले भाग लिनेछन्। रोएल नेपाल गल्फ क्लबमा शुक्रवार क्वालिफाएर हुँदैछ र त्यसबाट १० उत्कृष्ट गल्फर छनोट हुनेछन्। यस्तै धरान र पोखराको गल्फ क्लबाट पनि सहभागि हुनेछन्। नेपालको चर्चित महिला गल्फर प्रतिमा शेर्पाले पनि खेल्दैछिन्।' आचार्यले भने। आचार्यले यस प्रतियोगितालाई राम्रो गल्फ टुर्नामेन्टको रुपमा सफल गर्ने र पर्यटनलाई पनि सहयोग गर्ने प्रतियोगिताको रुपमा गर्नेछौँ।
यसैगरी टर्कीमा हुने ग्राण्ड फाइनलको विनरले प्रो-एम अन्तर्गत विश्वकपमा उत्कृष्ट प्रोफेसनल गल्फरसँग खेल्ने मौका पाउनेछन्।
टर्कीस एअरलाइन्सले टर्किस एअरलाइन्स ओपन युरोपियन टुर टुर्नामेन्ट र टर्किस एअरलाइन्स च्यालेन्ज टुर जस्ता प्रतियोगिता पनि गर्दै आएको छ।