PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

पल्सर स्पोर्ट्स अवार्डका लागि एभिन्युज र साहस स्पोर्ट्ससँग सम्झौता नविकरण



पहिलोपोस्ट

पल्सर स्पोर्ट्स अवार्डका लागि एभिन्युज र साहस स्पोर्ट्ससँग सम्झौता नविकरण

काठमाडौं : आगामी जेठ ३ गते हुने पल्सर स्पोर्ट्स अवार्डका लागि नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले एभिन्यजु टेलिभिजन र साहास स्पोर्टस्सँग सम्झौता नविकरण गरेको छ।

शुक्रवार भएको कार्यक्रममा एभिन्युजसँग अफिसियल ब्रोडकास्टर र साहस स्पोर्ट्ससँग खेल सामाग्री प्रदान गर्ने गरी सम्झौता भएको हो।


अफिसियल ब्रोडकास्टरको लागि एनएसजेएफका अध्यक्ष महेश आचार्य र एभिन्युज टेलिभिजनका सिइओ सम्वृद्धि राजकर्णिकारले हस्ताक्षर गरे।

यस्तै एनएसजेएफका अध्यक्ष आचार्यले खेल सामाग्री उत्पासन गर्ने संस्था साहास स्पोर्ट्सका प्रवन्ध निर्देशक जनक न्यौपानले हस्ताक्षर गरे।

दुवै सम्झौता एक वर्षको लागि नविकरण गरिएको एनएसजेएफका अध्यक्ष आचार्यले बताए।

सम्झौतापछि एभिन्युजले जेठ ३ गते आर्मी अफिसर्स क्लबमा हुने स्पोर्ट्स अवार्ड कार्यक्रम लाइभ ब्रोडकास्ट गर्नेछ। साथै एभिन्युजले अवार्डको प्रोमो बनाउने र अन्य कार्यक्रहरु पनि बनाउने आचार्यले जानकारी दिए।

यस्तै साहास स्पोर्ट्सले एनएसजेएफ अवार्डका लागि आवश्यक खेल सामाग्री, गिफ्टह्याम्पर प्रदान गर्नुका साथै एनएसजेएफले वर्षभरी गर्ने कार्यक्रममा खेल सामाग्री प्रदान गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell