PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

प्रधानमन्त्री मातहतको कोषहरुमा २ अर्ब २८ करोड रुपैयाँ



पहिलोपोस्ट

प्रधानमन्त्री मातहतको कोषहरुमा २ अर्ब २८ करोड रुपैयाँ

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मतहतमा तीन वटा कोषहरु संचालित छन् - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, प्रधानमन्त्री राहत कोष र प्रधानमन्त्री सहायता कोष।

अहिले तीनवटै कोषमा दुई अर्ब २८ करोड ३९ लाख ५० हजार रुपैयाँ छ। आर्थिक वर्ष २०७४/७५ मा ५० करोड आम्दनी भएको भएको छ भने खर्च पनि त्यतिमात्रै भएको छ।

सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्व १७ करोड ३३ लाख २० हजार रहेको छ। त्यसपछि प्रधानमन्त्री राहत कोषमा १० करोड ८५ लाख ६२ हजार जम्मा रहेको छ। र, सबभन्दा कम प्रधानमन्त्री सहायता कोषमा २० लाख ६८ हजार जम्मा रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीवार सार्वजनिक गरेको कार्य सम्पादन विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३३ करोड ४६ लाख २१ हजार रुपौयाँ खर्च गरेको छ। सबैभन्दा बढी मन्त्रिपरिषद्ले १६ करोड २६ लाख ६० हजार खर्च गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell