PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

कांग्रेस उप सभापतिमा निधि, महामन्त्रीमा खड्का, सह-महामन्त्रीमा महत



पहिलोपोस्ट

कांग्रेस उप सभापतिमा निधि, महामन्त्रीमा खड्का, सह-महामन्त्रीमा महत

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उप सभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई मनोनित गरेका छन्। सह महामन्त्रीमा डाक्टर प्रकाशशरण महत मनोनित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

पदाधिकारी मनोनयन गर्न बसेको बैठकमा निर्वाचित केन्द्रीय समिति सदस्यहरुमात्र सहभागी थिए। केन्द्रीय समितिले विधानको धारा २१ को घ र नियमावली १२ को १ बमोजिम पदाधिकारी मनोनयन गरिएको र बैठकले पारितसमेत गरेको प्रवक्ता शर्माले जनाए।  कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधरले पूर्ण केन्द्रीय समिति बैठकबाट मात्र पदाधिकारी मनोनयन गर्न माग राख्दै आएको भए पनि देउवाले स्वीकारेनन्। 

मनोनित भएपछि निधिले पार्टीभित्रका असन्तुष्ट पक्षलाई मिलाएर लैजाने बताए। पढ्नुस् मनोनित भएपछि उनले के भने-

असन्तुष्ट पक्षलाई मिलाएर लैजान्छु : विमलेन्द्र निधि

यता रामचन्द्र पौडेल पक्षधर भने बैठक बहिस्कार गर्दै निस्किए। त्यसको नेतृत्व प्रकाशमान सिंहले लिएका थिए। 

कांग्रेस पदाधिकारी मनोनयन बैठक रामचन्द्र पौडेल समूहद्वारा बहिस्कार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell