PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

कांग्रेस पदाधिकारी मनोनयन बैठक रामचन्द्र पौडेल समूहद्वारा बहिस्कार



पहिलोपोस्ट

कांग्रेस पदाधिकारी मनोनयन बैठक रामचन्द्र पौडेल समूहद्वारा बहिस्कार

काठमाडौं : आज २ बजे बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अपराह्न पाँच बजे सुरु भयो। ढिलो गरी सुरु भएको बैठकमा पदाधिकारी मनोनयन गर्‍यो। नेता रामचन्द्र पौडेल पक्षले बैठक बहिस्कार गरे। 

पदाधिकारी मनोनयन गर्न बसेको बैठकमा निर्वाचित केन्द्रीय सदस्यहरु मात्र सहभागी थिए। पौडेल पक्षले पूर्ण केन्द्रीय समितिको बैठकबाट मात्र पदाधिकारी मनोनयन गर्न माग गरेको थियो। 

बैठकको सुरुमा पौडेल पक्षमा प्रकाशमान सिंहले आफ्नो धारणा राख्दै बैठक विधान विपरित भएको भन्दै केन्द्रीय समितिका सबै सदस्यलाई सहभागी गराउन माग राखेर बाहिरिए।  

आजको बैठकबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उप सभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई मनोनित गरे। सह-महामन्त्रीमा डाक्टर प्रकाशशरण महत मनोनित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell