
काठमाडौं : चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफले विजयी सुरुवात गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा पुलिसले साविक उपविजेता शिवम् न्यू डायमण्डलाई ३-१ ले हरायो। पुलिसले २५-१२, १६-२५, २६-२४, २५-१९ ले खेल जित्यो।
यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले जावालाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५-३, २५-६, २५-७ ले हरायो।