PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

रुट खारेजीमा पहिलो एक्सन : सामाखुशी-पुरानो बसपार्क रुट परमिट खारेज



दिनेश खड्का

रुट खारेजीमा पहिलो एक्सन : सामाखुशी-पुरानो बसपार्क रुट परमिट खारेज

काठमाडौं : सिन्डिकेट खारेज गरेको विरोधमा हड्ताल गर्दै शुक्रबार गाडी थन्क्याएपछि सरकारले पहिलो 'एक्सन' स्वरुप नयाँ बसपार्कबाट सामाखुशी हुँदै पुरानो बसपार्कसम्मको रुट परमिट खारेज गरेको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले उक्त रुटमा इजाजत लिएर पनि कुनै प्राविधिक समस्याविना गाडी नचलाउने व्यवसायीहरुको रुट इजाजत खारेज गरिएको जानकारी दिए। उनका अनुसार उक्त रुटमा नयाँ इजाजत खुला गरिएको छ। सो रुटमा सेवा दिन चाहनेले इजाजत लिएर बस सेवा सञ्चालन गर्न सक्नेछन्।

यातायात व्यवस्था विभागको टोलीले उक्त रुटको निरीक्षण गरेर गाडी नचलाएर यात्रुलार्इ सास्ती दिएको भेटेपछि यस्तो निर्णय लिएको हो। सरकारले राजपत्रमै सूचना प्रकाशन गरेर अत्यावश्यक रोकन नपाइने निर्णय गरे पनि यसको अवज्ञा गर्दै व्यवसायीले गाडी नचलाएपछि विभागले यस्तो निर्णय लिएको हो।
यातायात व्यवस्था विभागका प्रवक्ता अर्यालले ‘आज गाडी नचलाएका सबै गाडीको को रुट खारेज गरेका छौं' भने।

करिब ९ किलामिटर लामो यो रुटमा माइक्रो बस गुड्ने भए पनि आज भने कुनै पनि चलेनन्।

यो रुटमा सामाखुशी यातायात अन्तर्गत करिब २६ वटा माइक्रोबस रहेको विभागको अनुमान छ। यो रुटलार्इ एस फाइभ रुट भनेर पनि चिनिन्छ। माइक्रोबस नयाँ बसपार्क देखि सामाखुशी हुँदै रत्नपार्क रुटमा चल्ने गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell