PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

पदाधिकारीमा पौडेल समूह नअटेपछि शशांकले भने : म असफल भएँ



पहिलोपोस्ट

पदाधिकारीमा पौडेल समूह नअटेपछि शशांकले भने : म असफल भएँ

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अबेर गरी पदािधकारीमा मनोनयन गरेका छन्। उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महत मनोनित भए। तीनैजना देउवानिकटका हुन्।

पौडेल पक्षले सहमहामन्त्री आफ्नो समूहको हुनुपर्ने दाबी पेश गरे पनि त्यो दाबीलाई देउवाले वास्ता गरेनन्। यसैका लागि महामन्त्री शशांक कोइरालालेसमेत लबिङ गरेका थिए। 

पौडेल पक्षलाई सन्तुष्ट पार्नका लागि गत सोमबार राखिएको बैठकसमेत रद्द गरिएको थियो। तर, खासै प्रगति भएन। विधान संशोधन गरी महामन्त्री बन्ने देउवाको प्रस्तावमा डा महत कुर्न राजी भएनन्। त्यसपछि भने सहमहामन्त्रीमा पौडेल पक्षले ठाउँ पाएन। पौडेल पक्षले मानबहादुर विश्वकर्माको नाम सभापति देउवालाई दिइसकेको थियो।

पार्टीमा असन्तुष्ट पक्षलाई मिलाउन प्रयास गरेका महामन्त्री शशांकले आजको बैठकपछि प्रतिक्रिया दिन चाहेका थिएनन्। उनलाई सञ्चारकर्मीले घेरेर प्रश्न गरे- तपाईले मिलाएर लैजाने भन्नुभएको थियो, तर त्यस्तो भएन नि? घेरिएकाले जवाफ दिन बाध्य भए र भने : म असफल भएँ। यति भनेर कोइराला बिदा भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell