PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भिडियो कन्फ्रेन्समार्फत अरुण तेस्रोको शिलान्यास हुनेः यस्तो छ मोदीको नेपाल भ्रमणको सेड्युल



विधुर ढकाल

भिडियो कन्फ्रेन्समार्फत अरुण तेस्रोको शिलान्यास हुनेः यस्तो छ मोदीको नेपाल भ्रमणको सेड्युल

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ (मे ११)का दिन नेपाल आउँदैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा आउन लागेका मोदीलाई टुँडिखेलमा सम्मान गारथ (गार्डअफ अनर) प्रदान गरिने छ।
 
बिहारको राजधानी पटनाबाट जनकपुर ‘इन्ट्री’ गर्ने मोदीको सम्मानमा जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रम हुने छ। मोदीले जनकपुरमा जानकी मन्दिरमा पुजा गर्ने छन्। साथै उनी त्यहाँदेखि भारतीय सेनाको हेलिकोप्टर प्रयोग गरी मुक्तिनाथ पुग्ने छन्।
 
मोदीको सम्मानमा २८ गते साँझ नै टुँडिखेलमा नेपाली सेनाको टुकडीले गार्ड अफ अनर प्रदान गर्ने छ। सोही दिन मोदी र ओलीबीच द्वीपक्षीय छलफल हुने छ।
 
त्यस्तै दुई देशका प्रधानमन्त्री मोदीको सम्मानमा काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन समेत आयोजना गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार महानगरपालिकाले काठमाडौँमा मोदीको सम्मानमा नागरिक अभिनन्दनको कार्याक्रम आयोगन गरेको छ।
 
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवि भण्डारी, उपरराष्ट्रपति नन्दबहादुर पुनसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम समेत तय भएको छ। त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
 

भिडियो कन्फरेन्सबाट अरुण तेस्रोको शिलान्यास

यसैबीच मोदीको दुई दिने भ्रमणका क्रममा अरुण तेस्रोको शिलान्यास हुने छ। ९०० मेगावाट क्षमताको परियोजनाको काठमाडौँबाटै दुई प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार २९ गते काठमाडौँबाट दुवै प्रधानमन्त्रीले काठमाडौँबाट भिडियो कन्फ्रेन्स मार्फत् अरुण तेस्रोको शिलान्यास गर्नेछन्। 

त्यसका लागि लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्धक एसजेभिएन नेपाललाई विद्युत् उत्पादन अनुमतिपत्र समेत प्रदान गरिसकेको छ। भारतको सरकारी लगानीसमेत रहेको सतलजले अरुण तेस्रो बनाउन लागेको हो। सतलजले अरुण तेस्रो निर्माणका लागि एसजेभिएन नामको कम्पनी नेपालमा दर्ता गराएको छ।
 
परियोजनाको शिलान्यासका लागि लगानी बोर्डले तयारी गरिरहेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आयोजना स्थलमा भिडियो कन्फ्रेन्सको व्यवस्था गरिएको जनाएका छन्। त्यसका लागि आयोजना स्थलसम्म नेपाल टेलिकमले अप्टिकल फाइबर विच्छाइसकेको छ।
 
यसअघि अरुण तेस्रोको शिलान्यासका लागि गत वर्ष नै भारतीय प्रधानमन्त्री नेपाल आउने चर्चा चलेको थियो। त्यस्तै प्रधानमन्त्री ओलीले गत चैत २३ देखि २५ गतेसम्मको भारत भ्रमणका क्रममा समेत परियोजनाको शिलान्यास गर्ने तयारी थियो तर हुन सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell