PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

डाक्टर उपेन्द्र देवकोटालाई भेट्न राष्ट्रपतिदेखि नेतासम्म अस्पताल



पहिलोपोस्ट

काठमाडौं : न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटालाई राजनीतिक दलका नेता भेट्ने जानेक्रम ह्वात्तै बढेको छ।

बेलायतबाट नेपाल आइ आफ्नै अस्पतालमा भर्ना भएका देवकोटालाई भेट्न आज राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी थिइन्। डाक्टर देवकोटासँग कुराकानीसमेत गरेकी भण्डारीले उनको स्वास्थ्य लाभको कामना गरेकी छिन्।

त्यसैगरी आजै गृहमन्त्री रामबहादुर थापा पनि उनको अवस्था बुझ्न अस्पताल पुगे।

पित्त थैलीको क्यान्सरबाट पीडित देवकोटालाई भेट्न पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पुगिसकेका छन्। देवकोटाका सहपाठी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि भेटेर कुराकानी गरेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell