PahiloPost

Jul 19, 2026 | ३ साउन २०८३

फोटोमा हेर्नुस् विप्लवको बन्दले ठप्प बुटबल

फोटोमा हेर्नुस् विप्लवको बन्दले ठप्प बुटबल

चन्द्रकान्त खनाल/पहिलोपोस्ट


रुपन्देही : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ।

देशभरबाट करिब डेढ सय आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा बन्दको आह्वान गरिएको नेकपाले जनाएको छ। यस क्षेत्रमा आज सार्वजनिक सवारी साधन बिहानैदेखि चलेका छैनन्। केही मोटरसाइकल र सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सवारी साधन मात्रै सडकमा फाट्टफुट्ट चलेका छन्।

सडकमा सामान्य दिनमा भन्दा केही बढी प्रहरी परिचालन गरिएको छ भने नेकपाका कार्यकर्ता भने देखिएका छैनन्। बिहान ५ बजेदेखि सुरु भएको बन्द साझ ५ बजेपछि खुल्ने विप्लव नेतृत्व नेकपाका रुपन्देही इञ्चार्ज शरद वलीले जानकारी दिए। उता हिजोदेखि ब्यवसायीहरुको यातयात बन्दका कारण बुटबलका सडक सुनसान छन्।


ट्रेन्डिङ पोस्ट

Ncell