PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

३३ किलो सुन प्रकरणमा फरार हवल्दार समातिए



पहिलोपोस्ट

३३ किलो सुन प्रकरणमा फरार हवल्दार समातिए

काठमाडौं : ३३ किलो सुन प्रकरणमा फरार रहेका प्रहरी हवल्दार पक्राउ परेका छन्। 

३६ वर्षीय प्रहरी हवल्दार अमर भन्ने अम्मरबहादुर थापा मगरलाई शुक्रवार साँझ जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो। एसएसपी श्यामबहादुर खत्रीका बडी गार्ड रहेका थापाले विमानस्थलबाट तस्करले सुन भित्र्याउँदा छेउबाट स्कर्टिङ गर्ने गरेको प्रतिवादी विष्णु बहादुर खड्काको बयानमा उल्लेख छ।

प्रहरीले थापालाई आइतवार जिल्ला अदालत मोरङमा उपस्थित गराउँदैछ। सुन प्रकरणमा मोरङ प्रहरीले विभिन्न चारवटा अपराधमा ६३ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ। घटनामा संलग्न मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित ३३ जना अझै फरार छन्। उनीहरु विरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बराबर विगो माग दावी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell