PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

काठमाडौंमा पार्टीका लागि घर बनाउँदै फोरम, केन्द्रीय राजधानीमा भवन बनाउने पहिलो मधेशवादी दल



बीपी साह

काठमाडौंमा पार्टीका लागि घर बनाउँदै फोरम, केन्द्रीय राजधानीमा भवन बनाउने पहिलो मधेशवादी दल

काठमाडौं : २०४७ सालदेखि मधेश केन्द्रित दलहरु मुलधारको राजनीतिमा सक्रिय भए पनि कुनै पनि पार्टीले काठमाडौंमा आफ्नो भवन निर्माण गरेका छैनन्। हाल राष्ट्रिय पार्टीका रुपमा दुईवटा मधेश केन्द्रीत पार्टी संसदमा छन्। 

त्यसमध्ये राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको कार्यालय मधेशी निजामती कर्मचारी मञ्चको भवनमा रहेको छ। नेपाल सरकारले उपलब्ध गराएको जग्गामा मञ्चले भवन बनाएको हो। उक्त भवनलाई राजपाले भाडामा लिएर बस्दै आएको छ।

राजपा अध्यक्ष मण्डलका सदस्य एवं तत्कालीन नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले गजेन्द्रनारायण सिंह प्रतिष्ठानको नाममा पार्टी कार्यालय स्थापनाका लागि काठमाडौंमा जग्गा किने पनि त्यसमा भवन निर्माण हुन सकेको छैन।

अर्को मधेश केन्द्रित दल संघीय समाजवादी फोरमले भने आफ्नै भवन निर्माण गर्ने तयारी गरेको छ। फोरमले केही महिनाअघि मात्र पार्टी कार्यालयका लागि जग्गा खरिद गरेको छ।

हाल काठमाडौंस्थित तीनकुनेमा भाडाको भवनमा केन्द्रीय कार्यालय रहेको फोरमले ललितपुर महानगरपालिका वडा नं. १४ स्थित रानिबुँमा पार्टीको भवन निर्माणका लागि जग्गा खरिद गरेको हो। पार्टीको नाममा खरिद गएको उक्त जग्गामा भवन निर्माण गर्ने निर्णय फोरमको केन्द्रीय समितिले गरेको छ।

पार्टीको भवन निर्माणका लागि वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठसमेत रहने गरी ७ सदस्यीय ‘पार्टी केन्द्रीय कार्यालय भवन निर्माण समिति’ गठन भएको छ। 

प्रदेश २ को पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा पार्टीको केन्द्रीय स्तरको पार्टी प्रतिष्ठान एवम् प्रशिक्षण केन्द्र भवन निर्माण गर्ने निर्णय पनि केन्द्रीय समिति बैठकले गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell