PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

हवाइ टापुमा ज्वालामुखिपछि ६.९ म्याग्नेच्युडको भूकम्प



पहिलोपोस्ट

हवाइ टापुमा ज्वालामुखिपछि ६.९ म्याग्नेच्युडको भूकम्प
Photo : AFP/RSS

किलउवे ज्वालामुखि बिस्फोट भएको भोलिपल्ट हवाइमा शक्तिशाली भूकम्पको महसुस गरिएको छ। 

एउटा भूकम्प ६.९ म्याग्नेच्युडसम्मको मापन गरिएको छ। सन् १९७५ यताको यो सबैभन्दा ठूलो धक्का मानिएको छ। भूकम्पसँगै विद्युत आपूर्ति अवरुद्ध भयो भने मानिसहरु घर बाहिर निस्कनेक्रम बढ्यो। यद्यपि, सुनामीको चेतावनी भने दिइएको छैन।

भूकम्पसँगै ३० मिटर उचाईसम्म ज्वालामुखिका लाभा उछालिएको छ जसले सयौं घर र बस्तीहरुलाई विस्थापित गरेको छ। यहाँको नागरिक सुरक्षा एजेन्सीले बाँकी रहेका स्थानीयलाई तत्काल ठाउँ खाली गर्न भनेको छ।    

ज्वालामुखिका कारण विषाक्त सल्फर डाइअक्साइड हावा खतरनाक रुपमा फैलिएको तथा त्यहाँ पुगेर प्रभावितलाई सहयोग गर्न कठिनाइ उत्पन्न भएको एजेन्सीले जनाएको छ।  

हवाइ टापुका मेयर ह्यारी किमले पछिल्लो घटनाले दुई घर नराम्ररी प्रभावित भएको एबीसीलेले उदृत गर्दै जनाएको छ। यस क्षेत्रलाई संकटग्रस्त घोषणा गरिएको छ। १ हजार ७ सय घरलाई अनिवार्य रुपमा खाली गराइएको छ। घरबारविहीनका लागि सामुदायिक आवासको व्यवस्था मिलाइएको छ।  

किलउवे विश्वकै सबैभन्दा सक्रिय ज्वालामुखिमध्येको एक हो। त्यसलाई भूकम्पले थप सक्रिय गराएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell