PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

पोखरामा फेलापरेको बम सेनाद्वारा डिस्पोज



पहिलोपोस्ट

पोखरा : पोखराको मालेपाटनस्थित विद्युत प्राधिकरण कार्यालयको मुलगेट अगाडि बम फेला परेको छ।

रातो झोलामा तार बाहिर निस्केको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ। कपडामा तारले बेरेको अवस्थामा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए। 

विप्लव नेतृत्वको नेकपाको बन्दका क्रममा फेलापरेको शंकास्पद बमलाई नेपाली सेनाको कालिभञ्ज्याङ्ग गण पोखरा ६ रत्नमन्दिरको टोलीले डिस्पोज गरेको हो।

क्यान बियरको बोतलमा बारुद भरेर तारबाहिर निकालिएकोको थियो। बमलाई सेनाले केही पर खुल्ला स्थानमा लगेर डिस्पोज गरेको थियो।  
पोखरामा विप्लव माओवादीको बन्दका प्रभावका कारण लामो दुरीका सवारी साधन चल्न सकेका छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell