PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

थाई आर्म्ड फोर्सका डिफेन्स प्रमुख स्वदेश फिर्ता



पहिलोपोस्ट

थाई आर्म्ड फोर्सका डिफेन्स प्रमुख स्वदेश फिर्ता

काठमाडौंः नेपाल भ्रमणमा रहेका रोयल थाई आर्म्ड फोर्सका रक्षा प्रमुख जेनेरल तारच्यान सिरवान स्वदेश फिर्ता भएका छन्। प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल आएका सिरवान चारदिने नेपाल भ्रमण पछि शनिवार फर्केका हुन्।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्या देवी भण्डारी, रक्षामन्त्री र प्रधानसेनापतिसँग बेग्लाबेग्लै भेट गरेका थिए। उनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नुको साथै लुम्बिनी र पोखराको भ्रमण गरेको नेपाली सेनाले जनाएको छ। 

उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र थाईल्याण्डको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउने विश्वास नेपाली सेनाको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell